दफा ६८
सैनिक अदालतको अधिकारक्षेत्र
: सैनिक अदालतको अधिकारक्षेत्र यस ऐनको दफा ६२ र ६६ मा उल्लेख भएका मुद्दाहरुमा बाहेक देहाय बमोजिमको हुनेछ ः-
(क) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले गरेको कसुर सम्बन्धी मुद्दाको पुर्पक्ष, सुनुवाइ, कारबाही र किनारा गरी सजाय दिने अधिकार जनरल सैनिक अदालत तथा समरी जनरल सैनिक अदालतलाई हुनेछ ।
(ख) अधिकृत तथा पदिक दर्जाको बाहेक यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले बढीमा दुई वर्षसम्म कैदको सजाय हुने कसुर गरेमा सो सम्बन्धी मुद्दाको पुर्पक्ष, सुनुवाइ, कारबाही र किनारा गरी सजाय दिने अधिकार डिष्ट्रिक्ट सैनिक अदालतलाई हुनेछ ।
(ग) देहायका उपखण्डहरूमा लेखिएको व्यवस्थाको अधीनमा रही यस ऐनको क्षेत्राधिकारभित्र पर्ने अधिकृत र पदिक बाहेकका व्यक्तिले गरेको कसुर सम्बन्धी मुद्दाको पुर्पक्ष, सुनुवाइ, कारबाही र किनारा गरी सजाय दिने अधिकार समरी सैनिक अदालतलाई हुनेछ ः-
(१) प्रमुख सेनानी वा सोभन्दा माथिको दर्जाकाले सैनिक अदालत बोलाएको भए एक वर्षसम्म कैद सजाय हुने मुद्दा,
(२) प्रमुख सेनानीभन्दा तल्लो दर्जाकाले सैनिक अदालत बोलाएकोभए ६ महिनासम्म कैद सजाय हुने मुद्दा ।